काठमाडौं । कपन खोलामाथि राखिएको स्ल्याब हटाउन काठमाडौं महानगरपालिकाको नगरप्रहरी कपनको साततले पुगेको छ ।खोला माथिको स्ल्याब हटाउन महानगरको नगरप्रहरीको टोली डोजरसहित साततले पुगेको हो ।
स्थानीयहरुबीच झडप भएपछि हाल महानगरको वडा नम्बर ७ का वडाध्यक्ष र बुढानिलकण्ठ नगरपालिकाको मेयर मिठाराम अधिकारीबीच वार्ता भइरहेको छ । काठमाडौं महानगरपालिकाले कुनै जानकारी नदिई एकाएक साततलेमा डोजर चलाएको स्थानीयको भनाइ छ ।
केही दिन अघि काठमाडौं महानगरपालिकाले सामाखुसी खोलामाथि भएका स्ल्याब हटाएकाे थियाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया