यस्तो छ आजको तरकारी तथा फलफूलको बजार मूल्य

लोकपथ
143
Shares

काठमाडौं । देशभरी भारी वर्षासँगै हरियो तरकारीको मूल्यमा घट्बढ भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज मकैबोडिसहित हरियो तरकारीको मूल्यमा वृद्धि भएको हो ।

काउलीको भाउ हिजोको तुलनामा प्रतिकेजी ३० रुपैयाँले घटेर ६० रुपैयाँ तोकिएको छ । लोकल घिउसिमी र तितो करेलाको मूल्यमा पनि प्रतिकेजी ५ रुपैयाँले घटेको छ । हरियो फर्सी ,रातो मूला,मकै बोडी,फर्की पाकेको मूल्यमा प्रतिकेजी १० रुपैयाँले वृद्धि भएको छ ।

नेपाली ठूलो गोलभेँडा हिजोको तुलनामा मूल्य स्थिर छ । गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी १६० रुपैयाँमा बिक्रि भइरहेको छ । लोकल सानो गोलभेँडा प्रतिकेजी ५ रुपैयाँले घटेर आज ६० रुपैयाँ कायम भएको छ । रातो आलुको न्यूनतम मूल्य ४८ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ न्युनतम प्रतिकेजी तोकिएको छ । सुकेको प्याज भारतीय ५४ रुपैयाँ न्युनतम मूल्य निर्धारण गरिएको छ ।

यस्तै, गाजरको मूल्य प्रतिकेजी १०० रुपैयाँमा बिक्रि भएको छ भने घिउ सिमी लोकल ४०, मुला रातो ५०, भन्टा लाम्चो ३०, मकै बोडी ७०, भटमासकोशा ८० रुपैयाँ तोकिएको छ । तितो करेला ३०, लौका ५०, परवल ३५, घिरौला २५, फर्सी पाकेको ५०, हरियो फर्सी ७०,कन्ने च्याउ १५०, डल्ले च्याउ ३००, काँक्रो लोकल ४०, रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भैरहेको छ । रायोको साग ८० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । तोरीको साग प्रतिकेजी ४० हुँदा हरीयो प्याज ८० रुपैयाँ न्युनतम मूल्य कायम रहेको छ ।

समितिका अनुसार केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ भने फूजी स्याउको मूल्य स्थिर प्रतिकेजी ३२० छ । कागती १३०, अनार ३००, आँप मालदह २००,तरबुजा हरियो ७०, मौसम १५०, किवि ७००, मेवा ८० रुपैयाँ र नासपाति लोकल ७० रुपैयाँ प्रतिकेजी न्युनतम मूल्य तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?