उपराष्ट्रपति यादव अर्को साता चीन जाने

लोकपथ
28
Shares

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव अर्को साता चीन भ्रमणमा जाने भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद्को पछिल्लो बैठकले उपराष्ट्रपति यादवको चीन भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी लिइन् ।

३१ साउनदेखि ३ भदौसम्म चीनको कुन्मिङमा सातौं चाइना साउथ एसिया एक्पोजिसन सहभागी हुन उपराष्ट्रपति यादव त्यसतर्फ जाने उनले बताइन् ।

उपराष्ट्रपति निर्वाचित भएपछि यादवको यो पहिलो विदेश भ्रमण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?