नेविसंघको असन्तुष्ट पक्षले भोलि समानान्तर कमिटी घोषणा गर्दै !

लोकपथ
420
Shares

काठमाडौं । कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले समानान्तर कमिटी ल्याउने भएको छ ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विधान मिचेर ७१० जनाको जम्बो तदर्थ समिति ल्याएको भन्दै त्यसलाई काउन्टर दिन असन्तुुष्ट पक्षले समानान्तर कमिटी ल्याउन लागेको हो ।

शेर्पाले साउन २२ गते जम्बो तदर्थ समितिमा सदस्यहरु मनोनित गरेका थिए । तर आन्दोलनमा सक्रियता देखाएकाहरुलाई बाइपास गरेको भन्दै असन्तुुष्ट पक्षले विधान अनुसार केन्द्रीय कमिटी ल्याइ महाधिवेशन सुनिश्चित गर्न माग गरेको हो ।

आज असन्तुुष्ट पक्षले पार्टी कार्यालय सानेपामा समानान्तर कमिटी बुझाउने तयारी गरेको थियो । तर प्रहरी परिचालन गरी कार्यालय भित्र पस्न समेत असन्तुष्ट पक्षलाई रोक लगाइएको थियो ।

आज शान्तिपूूर्ण आन्दोलन गरे पनि भोलि १०१ सदस्यीय समानान्तर कमिटी ल्याउन लागेको अशोक सिंह विष्टले लोकपथलाई जानकारी दिए । कसको नेतृत्वमा जाने भन्नेबारे छलफल भइरहेको उनले बताए ।

‘आज शान्तिपूूर्ण आन्दोलन गरियो । कसको नेतृत्वमा कमिटी घोषणा गर्ने भन्नेबारे छलफल भइरहेको छ ।’ उनले भने ।

साथै पार्टी र संगठनले संगठनभित्र काम गरेकाहरुलाई चिन्न नसकेको समेत उनीहरुको आरोप रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?