काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले बाढी पहिरोको उद्धारमा लाग्नुुअघि स्थानीय निकाय र सरोकारवाला निकायसँग समन्वय गर्न आग्रह गरेको छ ।
मंगलबार मुुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएपछि रास्वपाले खडा गरेको –यापिड एक्सन टिम (आरएटी) ले उद्धारमा भूमिका खेलेको थियो । तर जिल्ला प्रशासन कार्यालय चितवनले कुनै अनुुमतिबिना आरएटी लागेको भन्दै ध्यानाकर्षण गराएको हो ।
प्रशासनको ध्यानाकर्षणपछि रास्वपाले विज्ञप्ति जारी गर्दै नागरिकको समस्या समाधान गर्न सहजीकरणका लागि सरोकारवाला निकायहरुसँग समन्वय र अनुुमतिमा मात्र खटिन निर्देशन दिएको हो ।
‘अविरल वर्षाका कारण बाढी पहिरोले जनजीवन प्रभावित भएको परिप्रेक्ष्यमा पार्टीका अन्य संयन्त्र र आरएटी जनजीविकाका समस्या सहजीकरणका लागि खटिनुु अभिवार्य छ । अतः नागरिकका स मस्या समाधान गर्न सहजीकणका लागि खटिनुुअघि स्थानीय निकाय र सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय र अनुुमतिमा मात्र खटिनका लागि निर्देशनअनुसार आरएटी र पार्टी पंक्ति तथा सम्बन्धित सबैमा सूचित गराइएको जानकारी गराइन्छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया