कांग्रेस मुख्यालयमा नेविसंघलाई ‘नो इन्ट्री’, असन्तुष्ट पक्षले समानान्तर कमिटी घोषणा गर्दै !

लोकपथ
553
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा प्रहरी परिचालन गरिएको छ ।

नेविसंघका असन्तुुष्ट पक्षले आज धर्ना दिन लागेपछि प्रहरी परिचालन गरिएको हो ।

साउन २२ गते नेविसंघका अध्यक्ष दुुजाङ शेर्पाले ७१० जनाको जम्बो तदर्थ समिति ल्याएका थिए । तर केही व्यक्तिहरु नसमेटिएको भन्दै आज २ बजे पार्टी कार्यालयमा असन्तुुष्ट पक्ष सानेपा पुुगेको थियो । तर विद्यार्थी नेताहरु त्यहाँ पुग्नु अगावै प्रहरी परिचालन गरिएको थियो ।

No description available.

नेविसंघका अध्यक्ष शेर्पाले आफ्नो मनोमानी गरेको भन्दै असन्तुुष्ट रहेको पक्षले समानान्तर कमिटी घोषणा गर्ने तयारी गरेको छ । अहिले पार्टी कार्यालय भित्र पसेर कमिटी घोषणा गर्न लागेको नेविसंघका नेता अशोक सिंह विष्टले जानकारी दिए । ‘हामी अध्यक्षको मनोमानीविरुद्ध समानान्तर कमिटी घोषणा गर्ने तयारीमा छौँ । अहिले हामीलाई पार्टी कार्यालयमा पस्न दिइएको छैन ।’ उनले भने ।

असन्तुुष्ट पक्षले विधानसम्मत अधिवेशन गरी नेतृत्व हस्तान्तरणको माग गरिरहेको छ ।

लामो समयसम्म नेविसंघको अध्यक्ष रहँदा पनि १२ औँ महाधिवेशन गर्न नसकेको भन्दै अध्यक्ष शेर्पाको आलोचना भइरहेको छ ।

लामो समयको छलफलपछि जम्बो तदर्थ समिति ल्याउँदा पनि केही व्यक्तिहरुलाई नसमेटिएको भन्दै नेविसंघभित्र असन्तुष्टि भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?