सुन काण्डमा महरा दोषी प्रमाणित भए कारबाही हुन्छ : प्रवक्ता सापकोटा

लोकपथ
147
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा प्रवक्तामा नियुक्त भएका छन् ।

प्रवक्तामा नियुक्त भएसँगै पार्टी कार्यालय पेरिसडाँडामा प्रेसमिटमा बोल्दै सापकोटाले सुन प्रकरणमा तथ्य र प्रमाण पुष्टि भए उपाध्यक्ष कृष्णबहादुर महरामाथि पनि सरकारले अनुसन्धान अगाडि बढाउने बताएका छन् । उनले दोषी प्रमाणित भए कसैलाई पनि नछाड्ने बताएका हुन् ।

‘महराको विषयमा बहिर मिडियामा पनि धेरै समाचार आएका छन् । सुन प्रकरणमा आफूमाथि पनि सरकारले छानबिन गरोस् म सघाउन तयार छु भनेर बाहिर मिडिया र केन्द्रीय समिति बैठकमा पनि भनिसक्नुभएको छ । यदि तथ्य र प्रमाणले पुष्टि भए उहाँमाथि पनि छानबिन हुन्छ’,उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?