राष्ट्र बैंकद्वारा एक अर्ब १५ करोड रुपैयाँ संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव

लोकपथ
143
Shares

काठमाडौं । नेपाल राष्ट्र बैकले एक अर्ब १५ करोड रुपैयाँ संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव आव्हान गरेको छ ।

राष्ट्र बैंकका अनुसार उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६६ दिने मुुद्धती निक्षेपकोरुपमा २०८० भदौ तीन गतेदेखि २०८१ भदौ तीन गतेसम्मको लागि लगानी गर्न बैंक तथा फाईनान्स कम्पनीहरु समक्ष प्रस्ताव आव्हान गरिएको हो ।

लगानी गरिने कुुल रकम मध्येमा बाँणिज्य बैकहरुको लागि ९२ करोड, बिकास बैंकहरुको लागि १७ करोड २० लाख र फाईनान्स कम्पनीहरुको लागि पाँच करोड ७५ लाख रुपैयाँ रुपैयाँ छुुट्याईएको राष्ट्र बैंकको भनाई छ । रकम लगानी गर्न चाहाने इच्छुुक तथा फाईनान्स कम्पनीहरुले यही साउन २५ गतेसम्म आफुुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुुपर्ने छ ।

राष्ट्र बैंकका अनुसार रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको हुनुपर्ने लगातका न्युनतम शर्तहरु तोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?