मुग्लिन–नारायणगढको अवरोध हटाउन रास्वपा सक्रिय, चितवन प्रशासनले गरायो ध्यानाकर्षण

लोकपथ
28
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चिवतनले मुुग्लिङ–नारायणगढ सडक खण्डको अवरोध हटाउन राज्यका संयन्त्र पर्याप्त रहेको जनाएको छ ।

मंगलबार त्यहाँ गएको पहिरो व्यवस्थापन तथा यात्रुुको उद्धारका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा आरएटि लेखिएको टिसर्ट लगाएका व्यक्तिहरु उपस्थित रहेकोप्रति ध्यानाकर्षण भएको समेत प्रशासनले जनाएको छ ।

मुग्लिन नारायणगढ खण्डमा ट्राफिक व्यवस्थापनका लागि आरएटी लेखिएको निलो रंगको ज्याकेट र वाकीटकी संचारसहितका युवाहरु परिचालन भएका थिए ।

अवरुद्ध रहेको मुग्लिन– नारायणगढ सडक खण्डको कालिखोला भन्ने स्थानमा भएको अवरोध सुुरक्षा निकाय र राज्यका अन्य निकायको सहयोगमा पन्छाइ सडक सुुचारु गरिएको प्रशासनले जनाएको छ । साथै प्रयोग गरिएको वाकिटकी दर्तावाल हो या होइन भन्ने छानबिनका लािग निर्देशन दिइएको समेत प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?