सिरहा । सिरहाको मिर्चैयास्थित एक होटेलमा एक पुरुषको शव फेला परेको छ । मिर्चैया नगरपालिका वडा नं.५ कटारीचोकस्थित रहेको शम्भु होटेलमा एक पुरुषको शव फेला परेको हो ।
मृतक पाथीभरा कपी उद्योग संचालक २५ वर्षीय सिद्धान्त भट्टराई रहेका छ । उनी गाडी चालक सागर राईसँगै मार्केटिङका लागि सिरहा जाने क्रममा मिर्चैयास्थित सहदेव होटेलमा बसेका थिए । भट्टराईको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख जितेन्द्र बस्नेतले जानकारी दिए ।
घटना बारे थप अनुसन्धान भइरहेको बस्नेतले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया