सडकको सुरक्षा र पछि बन्ने सडकबारे मन्त्री ज्वालाले थाले पूर्वाधार विज्ञसँग छलफल

लोकपथ
42
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधारका विज्ञ टोलीसँग बिषयगत छलफल गरेका छन् ।

अहिले सञ्चालनमा रहेका सडकको सुरक्षा र पछि बन्ने सडकका विषयमा केन्द्रित भएर छलफल शुरु गरिएको मन्त्रालयका सचिव केशव शर्माले बताएका छन् । नेपालमा विगत र वर्तमानका सडक अवस्था, जोग्राफिकल जियोग्राफी र भविष्यमा कस्ता सडकमा बनाउँदा लाइफ टाइम सडकको सुरक्षा हुनसक्छ भन्ने बिषयमा छलफल शुरु गरिएको छ ।

छलफलमा मन्त्री ज्वालाले भौगलिक विकटताले सडक निर्माण र सडक सुरक्षाले थपेका चुनौतीलाई कसरी हल गर्ने भन्ने बिषयमा विज्ञ टोलीसँग राय सल्लाह मागेका छन् ।

उनले भने ‘सडक गाउँबस्तीमा पुरयाउने हो, तर हाम्रा धेरै गाउँबस्तीहरु चुरे र महाभारत शृखंलामा रहेका छन्, जहाँ सडक विस्तार गर्न र विस्तार गरिएका सडकको सुरक्षा गर्न निकै चुनौती छन् ।’

मन्त्री ज्वालाले पूर्वाधार विज्ञ सुरेशराज आचार्य, विज्ञ मेघराज घिताल, फ्रोफेसर डा. तारानिधि भट्टराई, बिबी देउजालगायतका बिज्ञसँग छलफल शुरु गरेका छन् । विज्ञ टोलीले दृश्यसहितको प्रस्तुति गरेको छ । धेरै खर्चिलो भएपनि नेपालको भूगोलअनुसार सुरुङ मार्गमा जान बिज्ञ टोलीले सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?