प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरूद्ध उजुरी आह्वान

लोकपथ
84
Shares

काठमाडौं । संबैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस भएका न्यायायधीश विश्वम्भरप्रसाद श्रेष्ठविरूद्ध उजुरी आह्वान भएको छ । संघीय संसदको संसदीय सुनुवाइ समितिले बुधबार गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गर्दै श्रेष्ठविरूद्ध उजुरी आह्वान गरेको हो ।

श्रेष्ठविरुद्ध उजुरीका लागि दश दिनको समय दिंदै समितिले मर्यादित भाषामा स्पष्ट आधार तथा सबुत प्रमाणसहित उजुरी दिन सकिने छ । प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिन चाहने व्यक्तिहरूले संसद सचिवालयको ठेगानामा पत्राचार वा सोझै सिंहदरबारस्थित सचिवालयको कार्यालय पुगी सूचना वा उजुरी दिन सक्नेछन् ।

सूचना दिने सूचना दाताले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने र निजले चाहेमा सूचना दाताको नाम गोप्य राखिने पनि सूचनामा उल्लेख छ । संवैधानिक परिषद्ले साउन १८ गते बसेको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइबाट श्रेष्ठको नाम अनुमोदन भए मात्र राष्ट्रपतिले उनलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नेछन् । यदि संसदीय सुनुवाइ समितिले उनको नाम अनुमोदन ग¥यो भने ३१ औं प्रधानन्यायाधीशका रुपमा १४ महिना जिम्मेवारी सम्हाल्ने छन् ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेदेखि अनिर्वाय अवकाशमा गएपछि श्रेष्ठ कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?