मदन पुरस्कार-२०७९ छनोटका लागि पाँच पुस्तक सार्वजनिक

लोकपथ
98
Shares

काठमाडौं । मदन पुरस्कार गुठीले मदन पुरस्कार-२०७९ का लागि उत्कृष्ट पाँच पुस्तक छनोट गरेको छ । छनोट भएका ३१३ पुस्तक मध्ये गुठीले उत्कृष्ट पाँच पुस्तक सार्वजनिक गरेको हो ।

छनोट भएका पुस्तकहरूमा सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्‌ग्रा र सञ्जय बिष्टको माटाको घर रहेका छन् ।

यिनै पाँच पुस्तकको सूचीबाट सर्वोत्कृष्ट एक पुस्तकलाई २०७९ का लागि मदन पुरस्कार प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?