संसदमा रविको प्रश्न : ‘संसदलाई बन्धक बनाएर तीन नेताको के सेटिङ हो ?’

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद चल्ने समय तोकिन पर्ने बताएका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै बैठक बस्ने दिन आएका सांसदहरु तीन नेताको सहमतिको आधारमा अन्तिम अवस्थामा संसद बैठक स्थगित हुने अवस्थाको अन्त्य हुनुुपर्ने माग राखे ।

त्यस्तै संसद बैठक अघि शीर्ष नेताहरुले त्यसको बारेमा छलफल गर्न रुलिङ गर्न समेत आग्रह गरे ।

तीन नेताहरु मिलेर विभिन्न भागबण्डा मिलेपछि मात्रै आज संसद बैठक बस्न सकेको समेत बताए ।

‘तीन नेताहरु मिलेर के के भागबण्डाहरु मिल्यो र त आज बैठक बस्यो होला ।’ उनले भने ।

त्यस्तै सुन काण्डबारे गृहमन्त्री र प्रधानमन्त्रीले समेत जवाफ दिन समेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?