संसदमा योगेश भट्टराईको प्रश्न : ‘संसद मेडिटेसन गर्ने थलो हो ?’

लोकपथ
21
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफूहरुले राखेको माग पूरा नभए आन्दोलन जारी रहने बताएको छ ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद योगेश भट्टराईले सो कुरा बताएका हुन् ।

बैठकमा बोल्दै सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन सरकारले तादरुकता नदेखाए संसदको अवरोधलाई निरन्तरता दिने बताए ।

त्यस्तै संसद एमालेले अवरोध गर्यो भन्नु बान्छनीय नरहेको तर्क गर्दै उनले आफूहरुले आफ्नो कुरा राख्ने नभए विरोध गर्ने भन्दा सरकारले संसद चलाउन नचाहेको आरोप लगाए ।

‘एमालेले संसदमा कुनै अड्को थापेको छैन । एमालेले संसद चल्न दिएन रे । हामीले संसद चलाउन नदिएको हो ? हामीले संसद चलाउनु भनेका छौँ । हामी आफ्नो कुरा राख्छाँै । सरकारबाट सम्बोधन भए ठिक छ, नभए हामी आफ्नो विरोध गर्छौँ । संसदमा विरोध हुन्छ । के संसदमा विरोध हुँदैन ? के संसद मेडिटेसन गर्ने थलो हो ?’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?