रोल्पा बस दुर्घटनामा ४ जनाको मृत्यु : ११ महिने शिशुसहित १९ जना घाइते

लोकपथ
91
Shares

काठमाडौं । रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्बरको बस त्रिवेणी गाउँपालिका–७ तिला रिचि गाउँ दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिए ।

उनले भने म घटनास्थलमै छु, चार जनाको शव घटनास्थलमै राखिएको छ । १९ जना घाइते भएका छन् । त्यसमा ११ महिनाको शिशु समेत छन् । दुईजना गम्भीर घाइतेलाई एम्बुलेन्स र अन्यलाई सार्वजनिक बसमा राखेर दाङ पठाइएको छ । अत्यधिक पानी परिहेको र बाटो चिप्लो भएकाले दुर्घटना भएको आशंक गरिएको छ ।
चालक पनि घाइते छन् ।

ज्यान गुमाउनेमा रोल्पाको माडी गाउँपालिका–२ बस्‍ने २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका–४ का ५० वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्त डाँगी तथा परिवर्तन गाउँपालिका–३ का ४६ वर्षीय भक्तबहादुर विक रहेका छन् ।

सडकदेखि करिब १५० मिटर तल खसेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?