सभामुखसँग प्रमुख सचेतकहरुको छलफल सकियो : दलीय आधारमा एकएक जनाले बोल्न पाउने

लोकपथ
42
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले बोलाएको बैठक सकिएको छ ।

संसद सचिवालयमा सम्पन्न बैठकमा सदनलाई नियमित अगाडि बढाउने, दलीय आधारमा एक एक जनाले आकस्मिक समय प्रयोग गर्ने र त्यसपछि गृहमन्त्रीले जवाफ दिने सहमति भएको सभामुखको सचिवालयले जनाएको छ ।

सबै दलका प्रमुख सचेतक तथा सचेतकहरु सहभागि बैठकमा सदनलाई नियमित अगाडि बढाउने विषयमा पनि गम्भीर छलफल भएको छ ।

यसअघि बालुवाटारमा भएको भएको तीन दलका शीर्ष नेताहरूको बैठकमा सदन खुलाउने सहमति भएपछि सभामुखले सबै दलका प्रमुख सचेतकलाई छलफलका लागि बोलाएका थिए ।

संसद बैठक तीन बजेका लागि बोलाइएपनि छलफलका कारण अहिले सम्म सुरु भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?