विभूषण बेच्न महावीरलाई गृहले लगायो रोक (पत्रसहित)

लोकपथ
553
Shares

काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय आविश्कार केन्द्रका संस्थापक महावीर पुनलाई मानपदवी र विभूषण बेच्न रोक लगाएको छ ।

पुनले आविस्कार केन्द्रका लागि आवश्यक पर्ने पैसा विभूषण बेचेर ल्याउने तयारी गरेका थिए । तर गृहमन्त्रालयले पत्र पठाउँदै त्यसो नगर्न आग्रह गरेको हो ।

गृहको विभूूषण तथा सभा समारोह प्रबन्ध शाखाका शाखा अधिकृत विजयकुमार महर्जनले पत्र पठाउँदै विभूषण बिक्री गरेमा त्यो रद्ध गरिने जनाएका छन् ।

‘तपाईंलाई नेपाल राज्यको तर्फबाट प्रदान गरिएको मानपदवी उज्जवल कीर्तिमय राष्ट्रदीप द्धितीय श्रेणी न्यूनतम मूल्य समेत उल्लेख गरी लिलामीमा राखिएको भनी सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको पाइएको छ । विभुुषण ऐन, २०६४ को दफा २६को (१) बमोजिम कुनै पनि नेपाली नागरिक वा विदेशी व्यक्तिलाई प्रदान गरिएको विभूषण निजले कसैलाई बिक्री गरेमा वा बन्दकीमा राखेमा वा विभूूषणको मर्यादाविपरित हुने गरी विभूूषणको प्रयोग गरेमा वा कसैलाई प्रयोग गर्न दिएमा नेपाल सरकारले विभूूषण रद्ध गर्न सक्नेछ र कानुन बमोजिम कुुनै विभूषण समेत रद्ध गरिएमा विभूषण पाउने व्यक्तिको नाम र रद्ध गरिएको विभूूषण समेत खुलाइ सर्वसाधारणको जानकारीको लागि सार्वजनिक सूूचना जारी गर्ने कानुुनी व्यवस्था रहेको छ ।’ पत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?