पुरानो ईयरफोन छ ? अब नयाँ अल्टिमा एटम ८२० साट्न पाइन्छ

लोकपथ
39
Shares

काठमाडौं । अल्टिमा लाइफस्टाइल, एक गुणस्तरीय वेरेवल एसीसोरीज (पहिरन वस्तु) उत्पादनहरुको लागि परिचित उदयीमान नेपाली ब्रान्डले आफ्नो ग्राउन्डब्रेकिंग पहल, अल्टिमा एक्सचेन्ज मेला आयोजनाको घोषणा गरेको छ ।

अल्टिमाले अडियो पे्रमीहरुका लागि उत्कृष्ट २– दिने महोत्सव आयोजना गर्दैछ, जहाँ लामो समय देखिका प्रशंसकहरु र नयाँ आगमनहरु दुवैले संगीत र ध्वनिप्रतिको उत्साह र आनन्द लिन सक्नेछन् । यो मेला समुदायसँग जोडिने र अडियोप्रतिको माया साझा गर्ने एक विशेष अवसर हो ।

सुन्धारामा अवस्थित सिभिल मल पहिलो तल्लामा बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म र हुकुट स्टोर, न्यूरोडमा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म यही साउन २६ र २७ गतेसम्म सञ्चालन हुने अल्टिमा एक्सचेन्ज मेलाले अडियो अनुभवलाई पुनः परिभाषित गर्नेछ । यस विशेष उत्सवमा, अल्टिमाले ग्राहकहरूलाई आफ्ना पुराना वायर भएका इयरफोनहरू र अडियो उपकरणहरू, नवीन अत्याधुनिक प्रविधियुक्त इयरफोन अल्टिमा एटम ८२० सँग साट्न प्रोत्साहित गर्दछ । यस टप अफ द लाइन ट्र वायरलेस स्टेरियो टि डब्लु एस १,१९९ मा उपलब्ध छ र यो अडियोमा आधुनिककिरण अनुभव गनहरुर्कोे लागी एक विशेष अवसर हो ।

अल्टिमा एटम ८२० आफ्नो असाधारण विशेषताहरुको लागि परिचित छ, २४ घण्टाको ब्याट्री लाइफ, इमर्सिभ १३ एमएम बास बूस्टेड अडियो पर्यावरण्ीय आवाज निराकरण र वायरलेस अडियो अनुभव लिन सकिन्छ । यो उत्कृष्ट प्रविधिको साथ अल्टिमाको मुख्य लक्ष्य भनेको नेपालका प्रत्येक व्यक्तिमा गुणस्तरीय अडियो आनन्द दिनु र ईयरफोनहरु पुनरावर्तित गरेर दिगोपनलाई बढावा दिनु हो ।

अल्टिमा एक्सचेन्ज मेला, ग्राहकहरुको हाल भईरहेको वायर्ड इयरवडहरुको ब्रान्ड वा अवस्थालाई ध्यान नदिई सबैका लागि खुला गरिएको छ जुन नेपालमा मात्र नभइ सम्भवत विश्वव्यापी रूपमा नै यो किसिमको पहिलो कार्यक्रमको रूपमा इतिहास रच्न तयार रहेको छ ।

नेपालका प्रत्येक व्यक्तिलाई नवीन उपकरणको अतुलनीय सांगीतिक आनन्द दिने अल्टिमाको महत्वाकांक्षा हो ।

अल्टिमा एक्सचेन्ज मेलामा सहभागी भई अल्टिमा लाइफस्टाइलसँग जोडिन सबैलाई निमन्त्रणा गरिएको छ, ध्वनि, समुदाय र असीम सम्भावनाहरूको उत्सव, जहाँ सहभागीहरूले आफ्नो अडियो अनुभवलाई माथि पु-याउन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?