रोप्लामा बस दुर्घटना

लोकपथ
126
Shares

काठमाडौं । रोल्पामा बस दुर्घटना भएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं ७ स्थित रिचिमा बस दुुर्घटना भएको गाउँपालिका अध्यक्ष कर्णबहादुर बाँठामगरले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार अहिले उद्धारको काम भइरहेको छ । हालसम्म केही व्यक्तिहरुको शव निकालिएको छ । बसमा कतिजना थिए र के कारणले दुर्घटना भएको हो भन्ने खुल्न नसकेको उनले बताए ।

‘हालसम्म केही व्यक्तिको शव निकालिएको भन्ने जानकारी आएको छ । बस के कारणले दुुर्घटना भएको र बसमा कति यात्रुु थिए भन्ने पुष्टि हुन बाँकी रहेको छ ।

ना. ५ ख २६१२ नम्बरको बस रोल्पाको बागमाराबाट दाङको घोराहीतर्फ जाँदै गर्दा दुुर्घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?