संसदको अवरोध हटाउन एमाले तयार, तर…

लोकपथ
91
Shares

काठमाडौं । सभामुखसँगको छलफलपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदको अवरोध हटाउन सहमत भएको छ ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा सो निर्णय भएको एमालेका सचेतक महेश बर्तौलाले लोकपथलाई जानकारी दिए । सुन प्रकरणमा आफूहरुले राखेको उच्चस्तरीय छानबिन समिति बनाउने मागमा सरकार लचक नदेखिए पनि गृहमन्त्रीको जवाफ सुन्ने र माग पूरा नभए पुनः अवरोध गर्ने उनले बताए ।

‘सरकार हाम्रो मागमा लचक त भएको छैन । तर पनि आजको बैठकमा हामी गृहमन्त्रीसम्मको जवाफ सुन्छौँ । यदी सुन प्रकरणमा हामीले भनेको जस्तो उच्चस्तरीय छानबिन समिति बनाउन सरकार तयार नभएमा हामी पुन पहिलेकै जस्तो माग पूरा गराउन संसदको कामकारबाही अघि बढाउन दिँदैनौँ ।’ उनले भने ।

उनले अहिलेको अवस्था हेरेर पनि बैठक खोज्ने निर्णयमा पुगिएको बताए । ‘संसदमा देशभरिका प्रतिनिधिले आफ्ना धारणा राख्नुपर्ने अवस्था छ । बाढी पहिरोको समस्या छ । लम्पी किस्न लगायतका विषयहरु छन् । त्यो विषयहरुमा धारणा राख्नलाई पनि हामीले हाउस ओपन गर्नुपर्ने अवस्था छ । ’ उनले भने ।

आज ३ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?