‘प्रधानमन्त्री, गृहमन्त्रीदेखि गठबन्धनसम्म कामको जस लिने होडबाजी चल्यो’ (भिडियोसहित)

काठमाडौं । राजनीतिक विश्लेषक डा. विष्णु दाहालले सुन प्रकरणमा एमाले अन्य काण्डहरु बाहिर आउने डरले आत्तिएको टिप्पणी गरेका छन् ।

लोकपथ टिभीसँगको कुुराकानीमा डा. दाहालले सो टिप्पणी गरेका हुन् ।

गिरी बन्धु टि स्टेटको जग्गा प्रकरण लगायत काण्ड बाहिर आउने डरमा एमाले रहेको बताए ।

साथै वर्तमान सरकार सुशासनको पक्षमा रहे पनि नीतिगत भ्रष्टाचार निवारणका सवालमा कसले जस लिने भन्ने होड चलेको बताए ।

‘अहिले सरकारले जसरी काम गरिरहेको छ । त्यसमा प्रधानमन्त्री र गृहमन्त्रीहरु नै कसले जस लिने भनेर होडबाजी गरिरहेका देखिन्छ । फेरि अहिलेको कामको जस गठबन्धन पनि लिन चाहिरहेको देखिन्छ ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?