८८ किलो सुनकाण्ड गम्भीर मोडमा, प्रहरीले किन काट्यो सशस्त्र प्रहरीलाई पत्र

काठमाडौँ, ९ कात्तिक – ८८ केजी सुन तस्करीको अनुसन्धानमा सशस्त्र प्रहरी बलले असहयोग गरेको छ । तस्करीमा सहयोग गरेको आशंकामा केही सशस्त्र प्रहरीलाई सोधपुछका लागि पठाउन प्रहरीले पटकपटक पत्राचार गरे पनि सशस्त्र प्रहरीले कुनै जवाफ दिएको छैन दुई महिनाअघि प्रहरीले काठमाडौंमा बरामद गरेको ८८ केजी सुन प्रहरीकै सहयोगमा नाकाबाट पास भएको अनुसन्धानमा खुलेपछि प्रहरीमाथि पनि छानबिन सुरु भएको हो । पक्राउ परेका चालकहरूले सशस्त्र प्रहरीले नै आफूहरूलाई चिनियाँ तस्करसँग चिनजान गराएर नाकामा गाडी चलाउन लगाएको बयान दिएका छन् प्रहरी हिरासतमा रहेका चालक दाम्पा तामाङले सशस्त्र प्रहरीले नै आफूलाई चिनियासँग चिनजान गराई गाडी पास गराउन लगाएको बयान दिएका हुन् । चिनियाँ नागरिक सशस्त्र प्रहरीको भिआइपी कक्षमा बसेको र उनले एक हजार रुपैयाँ र चाबी दिएर गाडी चलाउन लगाएको उनको बयान छ सोही बयानका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंले त्यसवेला ड्युटीमा रहेका सशस्त्र प्रहरीलाई सोधुपुछका लागि पठाउन पत्राचार गरेको थियो । पत्राचार गरे पनि सशस्त्र प्रहरीले सम्बन्धित कर्मचारीलाई नपठाएको काठमाडौं परिसरका डिएसपी बेलबहादुर पाण्डेले बताए सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी बाबुराम पाण्डेले भने काठमाडौं परिसरले सीधै सीमा सुरक्षा कार्यालयलाई पत्राचार गरेको भन्दै प्रहरी मुख्यालयले सशस्त्र प्रहरी मुख्यालयलाई पत्राचार गर्नुपर्ने बताएसुन तस्करीमा सशस्त्र प्रहरीको संलग्नता नभएको डिआइजी पाण्डे बताउँछन् । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?