काठमाडौंको सामाखुशी,अनामनगर लगायतका क्षेत्र डुवानमा (फोटोफिचर)

लोकपथ
182
Shares

काठमाडौं । गएराति देखि परेको अविरल वर्षाको कारण अनामनगरस्थित धोबीखोला र सामाखुशी आसपासको क्षेत्र डुवानमा परेको छ ।

सोमबार रातीबाट परेको भारी वर्षाको कारण मंगलबार बिहान अनामनगर क्षेत्र डुवानमा परेको हो । धोबीखोलामा पानीको सतह उच्च हुँदा वरिपरिका घरहरु पनि डुवानमा परेका छन् ।

यस्तै,सामाखुशी क्षेत्र पनि डुवानमा परेको छ ।

सामाखुशीमा विद्यालय,घर लगायतका क्षेत्र डुवानमा परेका हुन् । बागमती नदी किनारमा रहेको सुकुम्बासी बस्तिमा पनि बाढी पसिसकेको छ ।

उपत्यकामा बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र ती क्षेत्र आसपास भारी वर्षा मापन भएको छ । नदी तथा खोलाको जल सतह बढ्ने क्रममै रहेकोले नदी तथा खोला आसपासका बासिन्दालाई उच्च सर्तकता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
वर्षाका कारण विष्णुमती, धोबीखोला, मनोहरा लगायतमा बाढी आएको छ ।

त्यसैले नदी तटीय क्षेत्रहरूमा रहनेहरूलाई मंगलबार बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?