काठमाडौं । अन्ततः प्रतिनिधि सभाको बैठक बोलिसम्मका लागि स्थगित भएको छ ।
आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक अपरान्ह ४ बजेसम्मका लागि स्थगित भएको थियो । तर सहमति हुन नसक्दा भोलिसम्मका लागि बैठक स्थगित भएको हो ।
सुन काण्डमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मागबारे सहमति जुुट्न नसक्दा मंगलबार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित भएको हो ।
सुनकाण्डबारे आफ्नो अडानबाट एमाले टसमस नभएपछि सभामुख देवराज घिमिरेले शीर्ष नेताहरुसँग छलफल गरी सहमतिको प्रयास गरेका थिए ।
सभामुख देवराज घिमिरेले मध्यान्न १२ बजे माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल एमालेको अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । पहिलो बैठकबाट सहमति नजुुटेपछि दोस्रो बैठक बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया