एक क्वीन्टल सुन प्रकरण : बाँकी अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई

लोकपथ
105
Shares

काठमाडौं । राजस्व अनुसन्धान विभागले एक क्वीन्टल सुन प्रकरणको अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई दिने निर्णय गरेको छ ।

आइतबार पत्रकार सम्मेलन गर्दै एक क्वीन्टल सुन प्रकरणको बाँकी अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई दिइएको महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए ।

सुन प्रकरणमा विभागले हालसम्म १८ जनालाई हिरासतमा राखेको छ ।हिरासतमा रहेकाहरुलाई पनि प्रहरीको जिम्मा लगाइनेछ ।

२ साउनमा विभागले एक सय किलो सुन विमानस्थल भन्सारको मुल गेटमा बरामद गरेको थियो । पक्राउ पर्नेमा ३ जना विमानस्थल भन्सारका कर्मचारी पनि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?