माओवादीले गर्यो ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ घोषणा

लोकपथ
0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ घोषणा गरेको छ । बैठकले नेताहरुको कार्यविभाजन गर्नुका साथै ‘जनतासँग विशेष रुपान्तरण अभियान’को घोषणा गरेको छ ।

रुपान्तरण अभियानमा अध्यक्ष प्रचण्डदेखि सबै केन्द्रीय सदस्यहरु वडावडामा पुगेर जनतासँग जोडिने छन् । गत बुधबारबाट शुरु भएको माओवादी बैठक पाँच दिन चलेर आइतबार सम्पन्न भएको हो ।

बैठकको समापन गर्दै अध्यक्ष प्रचण्डले बैठकले पार्टीभित्रका विभिन्न प्रश्न, अन्योल, आशंका र नेतृत्वबीचका अन्तरमा खुलेर छलफल गर्ने काम भएको भन्दै जनवादको उच्चतम थलोका रुपमा बैठक रुपान्तरण भएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?