विद्रोहको औचित्य पुष्टि गर्नेगरी छलफल शुरु भएको छ : उप महासचिव तुलाधर

लोकपथ
70
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी नेकपा एसका उपमहासचिव डाक्टर गंगालाल तुलाधारले नेकपा एमालेसंग विद्रोह गरी छुट्टिएको औचित्य पुष्टि गर्ने गरी छलफल थालिएको बताएका छन् ।

आइतबार नेकपा एसको स्थायी कमिटी बैठकपछि उनले अब बस्ने केन्द्रीय कमिटी र आगामी भदौमा गर्न लागेको पोलिटव्युरोको बैठकमा समेत एमालेसंगको विद्रोह र औचित्य स्थापित गर्ने गरी जोडदार छलफल हुने बताए ।

‘हामी सम्भवत माघको दोस्रो सातातिर पार्टीको महाधिवेशन गछौं होला र त्यो महाधिवेशन अगाडि कमसेकम पनि एक लाख सदस्य बनाउने टार्गेट हामीले पूरा गर्नुपर्ने हुन्छ । त्यहि एकलाख सदस्यबाट नै आगामी केन्द्रीय कमिटी निर्माण गर्नुपर्ने हुन्छ । त्यसैले हाम्रो समग्र मनशाह भनेको मन, वचन र कर्मले हामीले बलियो, विस्वासिलो, भरपर्दो र रहरलाग्दो पार्टी बनाउने लक्ष्य छ । विद्रोहको औचित्य पनि त्यहिबाट स्थापित र पुष्टि हुन्छ भन्ने हाम्रो विश्वास छ । यि सबै कुराले गर्दा अहिले यिनै विषयमा मनग्य छलफल भैरहेको छ ।’ उनले भने ।

उनले पार्टीका नेताले आफु र पार्टीको कार्यलाई समेत केन्द्रमा राखेर आत्मालोचना सहित खुलस्त र निर्मम समीक्षा गरिरहेको जिकिर गरे । नेकपा एसकै नेताहरुले संसदमा पार्टीको भूमिकालाई लिएर प्रभावकारी हुन नसकेको खरो टिप्पणी गरेका छन् । फरक प्रसंगमा उनले भने संसदमा नेकपा एमालेले गर्नै नपर्ने विषय सुनकाण्डलाई निहुँ बनाएर गतिरोध गरिरहेको आरोप लगाए ।

‘संसदको गतिरोध, जुन विषयलाई निहुँ बनाएर गतिरोध उत्पन्न गरिएको छ, त्यो गतिरोध त्यसरी उत्पन्न गर्ने खालको होइन् । सदनको एक मिनेटको विजनेस भनेको पनि असाध्यै महत्वपूर्ण कुरा हुन्छ । प्रतिपक्षले जे गरिरहेको छ अलिकति बेठिक गरिरहेको छ भन्ने कोणबाट पनि कुरा उठेका छन्,’ तुलाधरले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?