२६ श्रावण २०७९, बिहीवार

बिनाप्रतिस्पर्धा रातारात सुटुक्क एउटा कम्पनीलार्इ दिइयो तामाकोसी तेस्रो

२०७४,कार्तिक,९,बिहीवार ०१:५५

9
Shares

काठमाडौं, ९ कात्तिक- राजनीतिक दलका ध्यान आमनिर्वाचनमा केन्द्रित भएका बेला ऊर्जा मन्त्रालयले सम्पूर्ण अध्ययन भइसकेको ६५० मेगावाटको तामाकोसी तेस्रो (अर्ध जलाशययुक्त) आयोजना बिनाप्रतिस्पर्धा रातारात एउटा कम्पनीलाई सुटुक्क दिएको छलगानी बोर्डले प्रतिस्पर्धामार्फत आयोजना विकास गराउने तयारी गरिरहेको अवस्थाबीच ऊर्जा मन्त्रालयले टीबीआई होल्डिङ कम्पनीलाई ऊर्जामन्त्री महेन्द्रबहादुर शाही बिनाविभागीय मन्त्रीमा रूपान्तरण भएपछि सर्वेक्षण अनुमति पत्र (लाइसेन्स) दिएको हो, अन्नपूर्ण पोस्टमा खबर छ नर्वेको एसएन पावरले वातावरणीय प्रभाव मूल्यांकनसमेत तयार गरी अध्ययन पूरा गरेको तामाकोसी तेस्रोबाट ०७२ पुस २८ गते हात झिकेपछि यो आयोजना लगानी बोर्ड मातहतमा आएको थियो। लगानी बोर्ड ऐन, २०६४ ले ५ सय मेगावाट भन्दामाथिका जलविद्युत् आयोजनाको बन्दोबस्ती बोर्डले गर्ने प्रावधान छ।लगानी बोर्डले प्रतिस्पर्धामार्फत यो आयोजना निर्माण गर्न आवश्यक प्रक्रिया र कागजात तयारी गरिरहेको र ‘मोडालिटी’ सम्बन्धी ऊर्जा मन्त्रालयको राय परामर्शका लागि पत्राचार गरेको बोर्डका कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले बताए।

प्रकाशित मिति: २०७४,कार्तिक,९,बिहीवार ०१:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भक्तपुर । भ्यागुतालाई पनि भोज दियो भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, भक्तपुरमा बिहीबार (आज) यस्तै अपत्यारिलो घटना भएको

दाङ । दाङमा लोपोन्मुख जातिको बसोवास भएको क्षेत्र हो । नेपालमा कमै मात्र रहेको कुसुन्डा जातिको बसोवास दाङमै छ ।

काठमाडौं । बैतडीको पुर्चौडी नगरपालिकाको केन्द्रसम्म जोड्ने ढोल्यामोड–हाट सडकखण्ड कालोपत्रेको काम दुई वर्षदेखि अलपत्र परेको छ । दुई वर्षअघि सुरु

काठमाडौं । भक्तपुर र ठिमी नगरपालिकाले आज जनैपूर्णिमा र भोली गाईजात्रा मनाउनका लागि दुई दिने सार्वजनिक बिदा दिए पनि नेपाल

ताजा समाचार

एनएसएल सकिएपछि ए डिभिजन लिग हुने
 २०७९,श्रावण,२६,बिहीवार १८:१५