मन्त्रालय थपेर बागमतीमा चित्रकारलाई दिइयो उद्योग तथा सामान्य प्रशासन मन्त्रालय

लोकपथ
91
Shares

काठमाडौं । बागमती प्रदेश सरकारले मन्त्रालयविहीन रहँदै आएका मन्त्री रामकृष्ण चित्रकारलाई मन्त्रालयको जिम्मेवारी दिएको छ ।

हाल बागमती प्रदेश सरकारमा रहेका ११ वटा मन्त्रालयमा एक मन्त्रालय थप गर्दै चित्रकारलाई मन्त्रालयको जिम्मेवारी दिएको हो ।

पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय विभाजन गरी उद्योग तथा सामान्य प्रशासन मन्त्रालय स्थापना गरी मन्त्री चित्रकारलाई सोही मन्त्रालयको जिम्मेवारी तोकिएको हो ।

नेपाली कांग्रेसका प्रदेश संसदीय दलका उपनेतासमेत रहेका मन्त्री चित्रकारले मन्त्री नियुक्त भएदेखि नै जिम्मेवारी पाएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?