काठमाडाैं । नेपाली जनसम्पर्क समिति युएईले बागमती प्रदेश सांसद तामाङलाई ज्ञापन पत्र हस्तान्तरण गरेका छन् । समितिले आयोजना गरेको भेटघाट तथा सम्मान कार्यक्रममा अध्यक्ष भुवानीप्रसाद तिमल्सिनासहित पदाधिकारीहरुले युएईमा नेपालीले भोगिरहेको समस्या समाधानका लागि नेपाल सरकार समक्ष पहल गरिदिन सांसद तामाङलाई ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् ।
अनौपचारिक भ्रमणका लागि युएईमा रहेका तामाङले समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै, अनौपचाकिर भ्रमणका रुपमा युएई आउँदा पनि यति धेरै माया र सम्मान दिएकोप्रति उनले समतिलाई विशेष आभारसमेत व्यक्त गरे ।
तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली जनसम्पर्क समिती युएई का प्रमुख सल्लाहकार एवं गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद मध्यपुर्वका संयोजक मनोज गोर्खाली, नेपाली जनप्रगतिशिल मन्चका प्रमुख बाबुराम बिश्वकर्मा, एनआरएनए युएईका अध्यक्ष बिकास शाही, एनआरएनए युएईका संरक्षक एवं निवर्तमान अध्यक्ष ठाकुर प्रसाद ढुंगानाको विशेष आतिथ्यता रहेको थियो ।
त्यसैगरी, नेपाली जनसम्पर्क समिति युएईका महामन्त्री हरि खड्का, नेपाली जनसम्पर्क समिति युएईका सह–महामन्त्रीद्वय प्रताप सिंह तामाङ र तुलसीराम भुसाल, आइसीसी सदस्य पुष्कर सापकोटा, मणि भुर्तेल, एनआरएनए युएईका महासचिव भुवन कुमार वाग्ले,जनसम्पर्क समिति युएईका सल्लाहकार कृष्ण गौतम, राजेन्द्र अधिकरी लगायतको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया