बाँणिज्य बैंकहरुको खुद मुनाफा बढ्यो, कुन बैंकले कति कमाए नाफा ? (सुचीसहित)

लोकपथ
429
Shares

काठमाडौं । बाँणिज्य बैंकहरुको खुद मुनाफा बढेको छ । बैंकहरुले सार्वजनिक गरेको आर्थिक बर्ष २०७९-०८० को चौंथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार सञ्चालनमा रहेका २० वटा बाँणिजय बैंकहरुले उक्त अवधिमा ६५ अर्ब ९८ करोड ९५ लाख ७३ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् ।

बैंकहरुले कमाएको यो नाफा आव २०७८-०७९ को तुलनामा नौं अर्ब ८१ करोड ७२ लाख ८९ हजार रुपैयाँले बढी हो । बैकहरुले उक्त अवधिमा कुल ५६ अर्ब १७ करोड २२ लाख ८३ हजार रुपैंयाँ खुद मुनाफा कमाएका थिए ।

अपरिष्कृत वित्तीय विवरण अनुसार आवमा सबै भन्दा बढी नाफा नबिल बैंकले कमाएको छ भने सबैभन्दा कम नाफा माद्धापुच्छे« बैंकले कमाएको छ । नबिलले कुल सात अर्ब ५२ करोड ७१ लाख ४९ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा माछापुच्छे« बैंकले एक अर्ब ८५ करोड ११ लाख ५६ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

अघिल्लो आवमा भने नबिलले चार अर्ब २५ करोड ६० लाख २४ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा माछापुच्छे बैंकले एक अर्ब ६८ करोड ६६ लाख ६६ लाख ५५ हजार रुपैंयाँ खुद मुनाफा कमाएको थियो । आव २०७९-०८० मा ग्लोवल आईएमई बैंक भने बढी नाफा कमाउने दोस्रो ठुलो बैंक बनेको छ । बैंकले यस अवधिमा सात अर्ब २५ करोड ३४ लाख ५५ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा ग्लोवलको यस्तो नाफा चार अर्ब ९५ करोड ९२ लाख २५ हजार रुपैंयाँ रहेको थियो । राष्ट्रिय बाँणिज्य बैंक, एनआईसी एशिया बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड भने बढी नाफा कमाउनेहरुको सुचीमा क्रमशल् तेस्रो, चौंथो र पाँचौै स्थानमा पर्न सफल भएका छन् । यि बैंकहरुले आव २०७९-०८० मा क्रमशः चार अर्ब ९१ करोड ७१ लाख ९९ हजार, चार अर्ब ६५ करोड १३ लाख ३८ हजार र चार अर्ब २९ करोड ६६ लाख २२ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् ।

अघिल्लो आवमा भने यि बैंकहरुको यस्तो नाफा क्रमश : चार अर्ब २९ करो २८ लाख २१ हजार, चार अर्ब २१ करोड ४९ लाख २६ हजार र तीन अर्ब ७९ करोड ७५ लाख पाँच हजार रुपैंयाँ रहेको थियो ।

आव २०७९–०८० मा स्टान्र्डड चार्टड, नेपाल बैंक र एनएमबी बैकले भने क्रमशः तीन अर्ब ५२ करोड ५४ लाख १७ हजार, तीन अर्ब ४१ करोड १५ लाख २६ हजार र तीन अर्ब ४१ करोड चार लाख ९९ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आवमा यि बैंकहरुको यस्तो नाफा क्रमशः दुई अर्ब २५ करोड ५९ लाख ३४ हजार, दुई अर्ब ९२ करोड ३२ लाख ७७ हजार र तीन अर्ब २९ करोड १० लाख ९४ हजार रुपैंयाँ रहेको थियो । एभरेष्ट हिमालयन बैंकले भने आव २०७९–०८० मा क्रमशः तीन अर्ब ३९ करोड ३१ लाख ५४ हजार र तीन अर्ब २६ करोड ६१ लाख ६७ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आवमा यि दुई बैंकहरुको यस्तो नाफा क्रमशः दुई अर्ब ४७ करोड ९४ लाख एक हजार र दुई अर्ब ३६ करोड ७५ लाख ३८ हजार रुपैंयाँ रहेको थियो ।

आव २०७९–०८० मा सिद्धार्थ, कृषि बिकास, प्रभु, सानिमा र प्राईम कर्मसियल बैंकले भने क्रमशः तीन अर्ब १९ करोड एक लाख ११ हजार, तीन अर्ब नौं करोड ९३ लाख ३७ हजार, दुई अर्ब ८२ करोड ५२ लाख ४९ हजार, दुई अर्ब ६१ करोड ९२ लाख १६ हजार र दुई अर्ब २६ करोड ३१ लाख १४ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आवमा भने यि बैंकहरुको यस्तो नाफा क्रमश ः दुई अर्ब ९० करोड २४ लाख ६४ हजार, दुई अर्ब २२ करोड ५७ लाख ६५ हजार, एक अर्ब ९० करोड २० लाख १५ हजार, दुई अर्ब नौं करोड ३१ लाख १५ हजार र दुई अर्ब ७८ करोड ७३ लाख ३६ हजार रुपैंयाँ रहेको थियो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार आव २०७९–०८० लक्ष्मी सनराईज, नेपाल एसबिआई, सिटिजन्स बैंक इन्टरनेशनल र कुमारी बैकले भने क्रमश: दुई अर्ब २६ करोड १८ लाख ८९ हजार, दुई अर्ब २४ करोड १६ लाख ४२ हजार, दुई अर्ब २१ करोड ४४ लाख २५ हजार र एक अर्ब ९५ करोड ७१ लाख सात हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आवमा भने यि बैंकहरुले क्रमशः एक अर्ब ५१ करोड ३४ लाख ५३ हजार, एक अर्ब ६३ करोड ८३ लाख नौं हजार, दुई अर्ब ५६ लाख १० हजार र दुई अर्ब ५७ करोड ९८ लाख नौं हजार रुपैंयाँ खुद मुनाफा कमाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?