काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गर्ने भएको छ । बालुवाटारमा बसेको पदाधिकारी बैठकले पदाधिकारीको जिम्मेवारी हेरफेर गर्ने प्रस्ताव पारित गरेको हो ।
सोही प्रस्ताव अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा पेस गर्ने कार्यतालिका रहेको छ ।
माओवादी केन्द्रले पदाधिकारीसहित ४०७ जना केन्द्रीय सदस्यहरूको जिम्मेवारी तोकेको छ । उपाध्यक्ष महरालाई पार्टी एकता र समाजवादी मोर्चाको जिम्मा दिइएको छ भने उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई प्रचार प्रसारको जिम्मेवारी दिएको छ । यसैगरी पम्फा भुसाललाई जनवर्गीय संगठन हेर्ने जिम्मा दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया