काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–५ मा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।
तारकेश्वर-५ चो गाउँमा गए राति आएको पहिराले नुवाकोट सामरी घर भई हाल तारकेश्वर स्थित चोगाउँमा भाडामा बस्दै आएका ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आस्मा तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिए।
उनका अनुसार गए राति घरमाथिबाट खसेको पहिरोले तामाङ भाडामा बस्दै आएको घर (टहरो) पुरिएको हो । सोही घटनामा परी आमा सञ्जु तामाङ घाइते भएको र उनको प्राथमिक उपचार गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया