कस्तो रहला आज दिनभरको मौसम ?

लोकपथ
0
Shares

काठमाडौं । नेपालमा मनसुनी वायुको साथै भारतको बिहार र पुर्वी उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पुर्वतिर सरदर स्थान भन्दा उत्तर र पश्चिमतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही हाल बागमती र गण्डकी प्रदेशका केही स्थानहरू, कोशी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम बर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र मधेश प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?