मधेसलाई सुख्खा क्षेत्र घोषणा गर्न प्रधानमन्त्रीसमक्ष जनमतको ६ बुदेँ माग

लोकपथ
21
Shares

काठमाडौं । जनमत पार्र्टीले मधेशलाई सुख्खा क्षेत्र घोषणा गर्न माग गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज ज्ञापनपत्र बुझाउँदै जनमत पार्र्टीले मधेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत उपलब्ध गराउन माग गरेको हो ।

सो पार्टीका उपाध्यक्ष अब्दुल खानले प्रधानमन्त्रीसंग सुकेका बालीनालीको उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे ।

खडेरीलगायत प्राकृतिक प्रकोपको दिगो नियन्त्रणका योजना बनाएर सार्वजनिक गर्न उनको माग छ ।

वीरगञ्जलगायत सुख्खा क्षेत्रका जनतालाई घरघरमा खानेपानीको व्यवस्था गर्न, सिँचाइका लागि प्रयोग गरिएको बिजुली निःशुल्क गर्न र पानीको अभावले बिरामी परेका नागरिकको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरिएको उपाध्यक्ष खानले बताए ।

यस्ता छन् प्रधामन्त्रीसंग जनमतका माग :

. मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी राहत प्रदान गर्नु पर्ने
. विरगंज सहितका सुख्खा क्षेत्रका जनतालाई घर—घरमा खानेपानीको व्यवस्था अविलम्ब गर्नु पर्ने
. सुकेका बालीनालीको उचित क्षतिपूर्तीको व्यवस्था गर्नु पर्ने
. सिचाईको लागि प्रयोग गरिएको बिजुली निःशुल्क गर्नु पर्ने
. पानीको अभावले विरामी परेकाहरुको निःशुल्क उपचारको व्यवस्था गर्नु पर्ने
. खडेरी सहितका प्राकृतिक प्रकोपहरुको दिगो नियन्त्रणको योजना बनाएर सार्वजनिक गर्नु पर्ने

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?