माओवादी केन्द्रीय समितिको बैठक आज पनि जारी

लोकपथ
35
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ ।

गत बुधवार सुरु भएको बैठकमा १ सय ४१ जना नेताहरुले आफनो धारणा राखिसकेका छन् भने आज बाँकी सदस्यहरुले धारणा राख्ने कार्यसूची रहेको छ ।

मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, पार्टी नेतृत्वको सरकारले गरेका कामका बारेमा मुख्य गरी बैठकमा छलफल केन्द्रीत रहेको छ ।

बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी रहेको माओवादी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?