काठमाडौं । स्याङजाको भिरकोट नगरपालिका ६ कार्कीडाँडास्थित भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
शुक्रवार साँझ बयारघारीबाट तिसेदीतर्फ जाँदै गरेको ग २ च ७३७५ नम्बरको बलोरो जिप उकालो बाटोमा ब्याक हुन गई पल्टिदा चालकसहित १२ जना घाइते भएका हुन् ।
घाइतेहरुको गण्डकी अस्पताल पोखरा र कालिका सामुदायिक अस्पताल हेलुमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया