तपाईं होंचो हुनुहुन्छ ? यस्तो छ हाइट बढाउने उपाय

एक उमेरपछि हाम्रो हाइट बढ्न रोकिन्छ । कतिपय पुरुषको हाइट बहुत कम हुने गर्छ । मात्र तपाईंले एक खास तरिकाले योग गर्नुभयो भने हाइट बढाउन सकिन्छ । यो योग गर्दा पूरै शरीरमा एक्सरसाइज हुन्छ, जसले गर्दा हाइट बढाउन मद्दत पुग्छ ताडासनसीधा उभिनुहोस् । अब सास लिनुहोस् र दुवै हातलाई माथि उठाउनुहोस् । अब कम्तीमा ३० सेकेन्ड यत्तिकै रहनुहोस् । यो क्रम कम्तीमा १० पटक गर्न सक्नुहुन्छ वीर भद्रासनएउटा खुट्टा अघि सारेर अर्को पछि खिच्नुहोस् । पछिको खुट्टालाई ९० डिग्रीको एंगलमा राख्नुहोस् । अब दुई हातलाई शिरभन्दा माथि जोडेर राख्नुहोस् । अब १० देखि १५ पटक सास लिनुहोस् र छोड्नसुहोस् । यो क्रमलाई कम्तीमा १० पटकसम्म गर्न सक्नुहुन्छ ट्री स्ट्यान्ड पोजसीधा उभिनुहोस् । हात माथि उचालेर जोड्नुहोस् । अब बायाँ खुट्टालाई दायाँ खुट्टाको तिघ्रामा राख्नुहोस् । अब आँखा बन्द गर्नुहोस् र ८ मिनेटजति ध्यान गर्नुहोस् त्रिकोणासनसीधा उभिनुहोस् । खुट्टाको बीचमा दुई फिट ग्याप राख्नुहोस् । दुवै हातलाई साइडमा लैजानुहोस् । दायाँ हातले बायाँ हातलाई छुने कोसिस गर्नुहोस् र बायाँ हातलाई एकदम माथि उचाल्नुहोस् । अब सामान्य अवस्थामा आउनुहोस् । यही कार्य दोस्रो हातले दोहोर्‍याउनुहोस् पादहस्तासनखुट्टालाई जोडेर सीधा उभिनुहोस् । खुट्टालाई सीधा राखेर अगाडिपट्टि झुक्नुहोस् । अब हातलाई खुट्टाको मुनिपट्टि राख्नुहोस् । केही सेकेन्ड यही पोजिसनमा रहनुहोस् । यो कार्य ८ देखि १० पटक गर्नुहोस् भुजंगासनपेटलाई छोड्नुहोस् । हातलाई कम्मरको नजिकै जमिनमा राख्नुहोस् । अब यसको सहारामा शरीरलाई उचाल्नुहोस् । केही समय यही पोजिसनमा रहनुहोस् । कम्तीमा १० पटकसम्म यो कार्य गर्न सक्नुहुन्छ । -नयाँ पत्रिकाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?