दोलखा पहिरो अपडेट : घाइते दुई जनालाई काठमाडौं ल्याइयो

लोकपथ
56
Shares

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–७ टोपाटारमा पहिरोमा पुरिएर घाइते भएका दुई जनालाई उपचारको लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

घाइते ४० वर्षीय यज्ञबहादुर थामी र उनकी ३९ वर्षीया श्रीमती धनमाया थामीलाई उपचारको लागि शुक्रबार दिउँसो काठमाडौं लगिएको हो । उनीहरूकी बुहारी २२ वर्षीय सीता थामीको दोलखाको सिँगटी अस्पतालमा उपचार भइरहेको छ ।

सो पहिरोमा परि एक नाबालक प्रिन्स थामीको ज्यान गएको छ भने स्थानीय ४९ वर्षीय हरिलाल श्रेष्ठ, ६० वर्षीय कृष्णबहादुर मगर र ५० वर्षीय देवीमाया मगर बेपत्ता छन् ।

गए राति गौरीशंकर गाउँपालिका–८ सल्लेमा गएको पहिरोले वडा नं ७ को टोपाटारमा घर पुरेको थियो । पहिरोले घर पुर्दा सो घटना भएको हो । पहिरोमा हराएकोको खोजी जारी रहेको दोलखा प्रहरीले जनाएको छ ।

पहिरोका कारण दुईवटा वडाका आठ घरमा क्षति पुगेको छ भने ३२ बढी घर जोखिममा परेको छन् । जोखिममा रहेका घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?