प्रदर्शनकारीमाथि प्रहरीले अमानवीय व्यवहार गरेको डा. भट्टराईको आरोप

लोकपथ
56
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले काठमाडौं प्रहरीले प्रदर्शनकारीहरूलाई अमानवीय ढंगले कुटपीट गरेको आरोप लगाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै प्रहरीले गरेको अमानवीय क्रियाकलापलाई ढाकछोप गरेर, कुतर्क गरेर बस्ने हो भने लोकतन्त्रलाई के होला भन्दै प्रश्न पनि गरेका छन् ।

उनले सरकारका उच्च पदाधिकारीहरुले बेलैमा ध्यान नपुर्याए इतिहास निर्मम हुने चेतावनी दिएका छन् ।

उनले लेखेका छन्, नेसपाका केन्द्रीय सदस्यहरू नेरूता तामाङ, मन्जु थापा मगर, मन्जु मिक्चान तामाङलगायत दर्जनौं प्रदर्शनकारीहरूलाई काठमाडौं प्रहरीले हिरासतमा लिएर अमानवीय ढंगले कुटपीट गरेको भिडिओ, अडियो, फोटो र प्रत्यक्ष भोग्ने,देख्ने,सुन्ने साक्षी विद्यमान छन् । अझै पनि यसलाई ढाकछोप गरेर, कुतर्क गरेर बस्ने हो भने हाम्रो लोकतन्त्रलाई के भन्ने होला रु कुर्सीमा विराजमानहरूको बेलैमा ध्यान पुगोस नत्र इतिहास निर्मम हुन्छ है ।

यस्तै, उनले हिजो प्रेस वक्तव्य जारी गर्र्दै शान्तिपूर्ण रूपले प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरूलाई अनावश्यक बल प्रयोग गरेर प्रहरी कार्यालयभित्र निर्घात कुटपिट गर्नु लोकतन्त्रको उपहास भएको भन्दै भत्सर्ना गरेका थिए ।

शान्तिपूर्ण रूपले प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरूलाई अनावश्यक बल प्रयोग गरी दर्जनौंलाई घाइते बनाउनु, उल्टै घाइतेहरूलाई पक्राउ गर्नु र पक्राउपछि प्रहरी कार्यालयभित्र लगेर निर्घात कुटपिट गर्नु लोकतन्त्रको उपहास हो । प्रहरी, प्रशासनको यस्तो पञ्चायती शैलीको घोर भत्सर्ना गर्दछौँ । उनले वक्तव्यमा भनेका छन् ।

उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित उपचार, पक्राउ परेका सबै प्रदर्शनकारीलाई रिहाइ, प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गर्ने प्रहरीहरूको तत्काल छानवीन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?