राजस्व अनुसन्धान विभागले सय किलो सुन तस्करी प्रकरणमा मुख्य योजनाकार मानिएका दावा छिरिङलाई पक्राउ गरेको पा“च दिन बितिसक्दासमेत उनीस“ग्ँ बयान लिन सकेको छैन । उक्त प्रकरणमा विभागले उपसचिव नेतृत्वको विभिन्न तीनवटा टोलीहरू अनुसन्धानका लागि परिचालन गर्दै आइरहेको भए पनि सो टोलीले दावास“ग पा“च दिनदेखि बयान लिन नसकेको बताइएको छ ।
पछिल्ला दिनमा विभागका अनुसन्धान अधिकृतहरू थप दबाब र सकसमा पर्न थालेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार दावा पक्राउ परेलगत्तै विभागमाथि विभिन्न खाले दबाब पर्न थालेकोले अनुसन्धान प्रभावित हुन सक्ने खतरा बढेको छ ।
विभागका एक अधिकृतले दावा बोल्न नमानेकाले पा“च दिनदेखि बयान नै लिन नसकिएको बताए । यद्यपि, दावाको मोबाइलको ‘कल डिटेल्स’ लिने काम भइरहेको र उनको इलेक्ट्रिक डिभाइसलाई प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको ती अधिकृतले जानकारी दिए । नेपाल समाचारपत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया