मुर्रा राँगो ल्याउन भारत जाने टोली तयार

लोकपथ
0
Shares

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट मुर्रा जातको राँगो ल्याउन पशु सेवा विभागका महानिर्देशक डा. सम्झना काफ्लेको नेतृत्वमा विज्ञ टोली पठाउने भएको छ ।
नेपाल–भारतबिच भएको सम्झौता अनुसार भारतले नेपाललाई १५ वटा मुर्रा जातका राँगो निःशुल्क उपलब्ध गराउने भएको छ । ती राँगो ल्याउनका लागि मन्त्रालयले चार सदस्यीय विज्ञ टोली भारत पठाउने भएको छ ।

टोलीमा महानिर्देशक काफ्लेका साथै राष्ट्रिय पशु प्रजनन कार्यालय लहानका प्रमुख शिवनाथ महतो, राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका प्रमुख जगदीश पाण्डे र कृषि मन्त्रालय अन्तर्गतको क्वारेन्टाइन महाशाखाका राजेश यादव रहेका छन् ।

पशु सेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालका अनुसार टोली तयारी अवस्थामा छ, भारतबाट बोलाउने बित्तिकै जाने तयारी छ ।

नेपाललाई मुर्रा जातको राँगो दिनका लागि भारतले पनि केही प्राविधिक तथा प्रशासनिक कार्य मिलाउनुपर्ने भएकाले तत्कालै नबोलाएको खबर गोरखापत्रमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?