सिंहदरबारमा संवैधानिक परिषद्काे बैठक शुरु, होला प्रधानन्यायाधीश सिफारिस ?

लोकपथ
98
Shares

काठमाडौं । सिंहदरबारमा संवैधानिक परिषद्को बैठक शुरु भएको छ ।

केहीबेरअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा संवैधानिक परिषद्को बैठक शुरु भएको हो ।

आजको बैठकले प्रधानन्यायाधीश सिफारिस गर्नसक्ने बुुझिएको छ ।

यसअघि मंगलबार पनि संवैधानिक परिषद्को बैठक बसेको थियो । तर बैठक निष्कर्षविहिन बनेको थियो ।

वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेबाट अनिवार्य अवकाशमा जाँदैछन् । जसको कारण त्यसअघि नै प्रधानन्यायाधीश नियुक्त गर्नुपर्ने भए पनि अझै संवैधानिक परिषद्को बैठकले प्रन्या सिफारिस गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?