जनमत पार्टीले सरकारमा सहभागिताबारे ठोस निर्णय गर्ने

लोकपथ
70
Shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकले सरकारमा सहभागि हुने वा नहुनेबारे ठोस निर्णय गर्ने बताएका छन् ।

बिहीबार पत्रकारसंग उनले आजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकले सरकारमा सहभागिताबारे ठोस निर्णय गर्ने बताए ।

उनले, संगठन सुदृढिकरण अभियानलाई थप प्रभावकारी बनाउने विषयमा व्यापक छलफल हुने पनि जानकारी दिए ।

‘मुख्य एजेण्डा भनेको संगठन सुदृढिकरण अभियान चल्दै छ, त्यसलाई अझै कसरी प्रभावकारी बनाउने विषयमा नै केन्द्रीत रहेको छ । विभिन्न समितिहरुमा मनोनीत गर्नुपर्ने नामहरु टुङ्ग्याउन र विभिन्न विभागहरु गठन गर्नको लागि यो बैठक राखिएको हो । सरकारमा सहभागीताको विषयमा पनि ठोस छलफल हुनेछ ।’ उनले भने ।

सो पार्टीको बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?