अग्नी ग्रुपद्धारा मनसुन अफर सार्वजनिक

लोकपथ
63
Shares

काठमाडौं । अग्नि ग्रुपको सहायक कम्पनी तथा क्लासिक लेजेन्ड्स आधिकारिक वितरक अग्नि मोटोइंकले जावा तथा येज्दी मोटरसाइकलहरुमा “मनसुन राईड अफर” ल्याएको छ ।

यो योजना अन्तर्गत जावा तथा येज्दी मोटरसाइकल किन्दा ग्राहकहरुले कम ब्याजदरमा सजिलो फाईनान्स अथवा एसेसरिज सहित राईडिंग गियर पाउने छन् ।

यो योजना अनुसार ग्राहकले मोटरसाइकल खरिद गर्दा ५० प्रतिशत डाउन पेमेन्टमा दुई वर्षको अवधिमा जम्मा पाँच दशमलव पाँच प्रतिशत ब्याजदर मात्र लाग्नेछ । यदी ग्राहकले नगदमा नै खरिद गर्ने हो भने एसेसरिज सहित सम्पूर्ण राईडिंग गियर पाउनु हुनेछ अथवा उक्त एसेसरिज र राईडिंग गियर बराबरको रकम नगद छुट पाउन सक्नु हुनेछ । ग्राहकले हरेक मोटरसाइकलको खरिदमा निःशुल्क हेलमेट र एक वर्षको रोड ट्याक्स पनि पाउने छन् ।

कम्पनीको अनुसार हाल जावा ब्राण्ड अन्तर्गत फोर्टी–टु, जावा र पेराक मोडेल को मोटरसाइकलहरु उपलब्ध छ भने येज्दी ब्राण्ड अन्तर्गत रोडस्टर, स्क्राम्बलर र एड्वेंचर मोडेलहरु उपलब्ध छन् । जावा ब्राण्ड सन् २०२० मा लंच भएको हो भने येज्दी ब्राण्ड हालसालै नेपालमा लंच भएको हो ।

यी सबै मोटरसाइकलहरु ३०० देखि ३३४ सम्मका छन् भने आफ्नो सेग्मेंट सबै भन्दा बढी पावर र टर्क प्रदान गर्दछ । यो मनसुन राईड अफर जावा येज्दीका सबै सोरुमहरुमा उपलब्ध हुने तथा सिमित अवधिका लागि मात्र लागु हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?