काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन काण्डमा मुछिएका कसैलाई पनि नछाड्ने उद्घोष गरेका छन् ।
बुुधबारबाट जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै श्रेष्ठले प्रधानमन्त्रीको निर्देशनपछि फाइल खोलेको बताउँदै आफू दृढ भएर लागेको बताए ।
सुन प्रकरणमा पार्टीका जिम्मेवार नेताहरुको समेत संलग्नता रहेको भन्दै आलोचना भइरहेका बेला श्रेष्ठले कुरा बताएका हुुन् ।
कमलादीस्थित प्रज्ञा भनवमा जारी बैठकले मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता र सरकारले गरेका कामका बारेमा मुख्य गरी बैठकमा छलफल हुनेछन् ।
बैठकको पहिलो दिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक र सांगठनिक प्रतिवेदन पेस गरेका थिए भने १८ जना केन्द्रीय समिति सदस्यले आफ्नो धारणा राखेका थिए ।
बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी रहेको माओवादी केन्द्रिय कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया