गायक खरेलको ‘बादल’ आउँदै

काठमाडौं । गायक संजीव खरेलको आफ्नो नयाँ गीत ‘बादल’ लिएर श्रोता माझ आउने भएका छन् । 

गायक खरेलको आफ्नै एकल स्वर, शब्द र संगीत रहेको यस गीतको एरेन्जमेन्ट गोपाल रसाइलीले गरेका हुन् । 

रमणिय ठाउँमा छायाँकन गरिएको यस गीतको भिडियोलाई बुद्ध लामाले खिचेका हुन भने सुप्रीम पराजुलीले सम्पादन गरेका हुन् । 

श्रेया कार्की र अनुराग ठकुरीको अभिनय रहेको यस गीतको भिडियोलाई अन्नपूर्ण फिल्म्सको टिमले निर्देशन गरेको हो ।

गीतको भिडियो मार्च १ (फागुन १७ गते) गायक खरेलको अफिसिएल युटुब च्यानल मार्फत रिलिज हुनेछ । 

यसअघि खरेलले आफ्नो पहिलो गीत ‘तिम्रो मायामा’ सार्वजनिक गरिसकेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?