काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्ड र राजदूत थम्पसनबीच बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
भेटमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन, दुई देशको सम्बन्ध, नेपालको आर्थिक विकासमा अमेरिकाले गर्नसक्ने सहयोग लगायतका विषयमा छलफल भएको बुझिएको छ ।
राजदूत थम्सनले प्रचण्डसँग संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जानेरनजानेबारे चासो राखेका थिए। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको तयारी गरिरहेको छ।
सेप्टेम्बरमा चीन जाने गरी भ्रमणको गृहकार्य भएपनि हालसम्म मिति तय हुन भने बाँकी रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया