काठमाडौं । प्रतिनिधिसभाको शुक्रवार (आज) बस्ने बैठकमा कर्मचारी समायोजन विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश हुँदैछ ।
राज्य व्यवस्था समितिका सभापति शशि श्रेष्ठले “कर्मचारी समायोजन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७५” पेश गर्ने छन् ।
त्यसैगरि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले “संघीय निजामति सेवा विधेयक, २०७५” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र “संघीय निजामति सेवा विधेयक, २०७५” प्रस्तुत गर्दैछन् ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले “कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहित केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै, “केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत हुँदैछ ।
बैठक आज दिउँसो ३ बजेको लागि तय गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया